काठमाडौ- सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।
यी हुन् कृषि बजेटका प्रमुख विशेषताः
- पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने ।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन ।
- जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने ।
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।
- १०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने ।
- रासायनिक मलमा दोब्बर बजेट ।
- मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै ।
- धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने ।
- उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने ।
- एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने ।
- कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट ।
- कृषि बीमामा बजेट विनियोजन ।
- किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन ।
प्रतिक्रिया