साकेला- खोटाङको साकेला गाउँपालिकास्थित साकेला माध्यमिक विद्यालय रतन्छामा भूपु विद्यार्थी मञ्चले आयोजना गरेको वृहत ऐतिहाँसिक विद्यार्थी पुनर्मिलन कार्यक्रममा शिक्षक/शिक्षिकाहरुलाई सम्मान गरिएको छ । विद्यालय स्थापनाको ७३औं वर्षगाँठको अवसरमा विद्यालयको स्थापनाकालदेखी अहोरात्र खटेर शैक्षिक उनन्वयनमा उल्लेखनीय योगदान पुर्याई अवकाश हुनुहुने २७ जना शिक्षकहरुलाई मञ्चले वृहत कार्यक्रम गरि सम्मान गरेको हो ।
शुक्रबार प्रतिनिधि सभाका सदस्य राम कुमार राई (पासाङ)को प्रमुख आथित्यतामा भएको कार्यक्रममा दोसल्ला र सम्मानपत्रद्वारा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक/शिक्षिकाहरुलाई सम्मान गरिएको हो । विद्यालयको स्थापना गरि सञ्चालन गर्न विभिन्न आरोह अवरोहको बावजुत हालको साकेला क्याम्सपसम्म हुनुमा तिनै शिक्षक/शिक्षिकाहरुको अतुलनीय योगदान रहेको मञ्चको ठहर छ ।
सम्मानित हुनुहुनेहरुमा श्रीराम राई, वीरबल राई, रामकृष्ण ताम्राकार, बयानसिंह राई, कविराज राई, पर्शुराम तिवारी, गणेश बहादुर बस्नेत, कल्याण प्रसाद गौतम, कवि कुमार राई, ध्यानबहादुर राई, राज नारायण यादव, देशवीर राई, भगि प्रसाद राई, जसजित राई, कृष्ण बहादुर बुढाथोकी, जंग कुमार राई, राम कुमारी राई, नन्दलाल विक, केशव प्रसाद ढकाल, पेशल राई, हरिमान राई, जितकुमार राई, गोविन्द बहादुर बस्नेत, प्रतिमान राई, मेमुकला राई, बागवीर राई तथा मुगाधन राई हुनुहुन्छ ।
सम्मानित हुनुहुने प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरुलाई सांसद राई सहित जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायतले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । मञ्चका अध्यक्ष शालिकराम राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साङ्गितिक कार्यक्रमको समेत भएको थियो ।
प्रतिक्रिया