श्रावण १३, २०८२ आइतबार

‘आकस्मिक पूर्वाधार सेवा’ मार्फत अवरुद्व सडक खुलाईयो (तस्विर सहित)

साकेला- वर्षादको कारण सडकमा लगाईएको ग्याविन जालि पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरि पुन सुचारु गरिएको छ ।

खोटाङको साकेला गाउँपालिका अन्तर्गत बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडक खण्ड अन्तर्गत वडा नम्बर १ को रुपुवा खोला नजिक लगाईएको ग्याविन जाली गत मंगलबार राती परेको अविरल वर्षाको कारण पहिरोसँगै बगेको थियो ।

पहिरोका कारण अवरुद्व बनेको सडक आज बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा गएको टोलीले साँझसम्म मर्मत गरि पुन सञ्चालनमा ल्याईएको हो । गाउँपालिकाको आकस्मिक पूर्वाधार सेवा अन्तर्गत अवरुद्व बनेको सडक खुलाउनका लागि जनश्रमदान मार्फत अस्थायी पर्खाल लगाएर यातायात वारपार गर्न सक्ने बनाईएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

पहिरोका कारण ग्याविन जाली बग्दा करीव ५० लाख रुपैंया बराबरको क्षति भएको छ । अवरुद्ध सडक सुचारु गर्नका लागि गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्थानीय वडाका वडाध्यक्ष, स्थानीय सरोकारवाला नागरिकहरु, नेपाल प्रहरी र कर्मचारीको सहभागिता रहेको थियो भने पालिकामा उपलब्ध ब्याकहोलोडर र ट्याक्टरको समेत प्रयोग गरिएको थियो ।

साकेला गाउँपालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैंया बजेट लगानी भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय समपुरक योजना अन्तर्गत केही बजेट प्राप्त भई निर्माणको काम भएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय समपूरक योजना अन्तर्गत बजेट विनियोजन भई काम प्रारम्भ हुने चरणमा रहेको छ । संघीय समपूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ । बहुबर्षिय योजना अन्तर्गत निर्माण भईरहेको यस सडकमा आगामी आर्थिक वर्षको समेत गरी कूल  ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

हाल ग्राभेल सडकको रुपमा रहेको करीव १७ किलोमिटर लामो उक्त सडक सम्पन्न हुनका लागि एक अरव १४ करोड रुपैंया लागत बराबरको बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया