असोज २७, २०८२ सोमबार

साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगितामा गोपी टेम्मा प्रथम

साकेला- खोटाङको खिदिमास्थित बोपुङमा सञ्चालित साविकको वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता उपाधि दिप्रुङ चुईचुम्मा-७ टेम्मा गोपीले चुमेको छ । प्रतिस्पर्धि भोजपुर माटिकोरेको टोलीलाई पछि पार्दै गोपीले प्रथम स्थान हाँसिल गरेको हो । चाडवाडलाई लक्षित गरि स्थानीय पृथ्वी युवा सङ्गठन साकेला-३ बोपुङद्वारा गत बिहीबारदेखि आयोजना गरिएको भलिवल प्रतियोगिता आज सम्पन्न भएसँगै प्रथम हुने टोलीले नगद ३० हजार रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गोपीसँग पराजित व्यहोरेका भोजपुर माटिकोरेको टिमले दोश्रो स्थान हाँसिल गर्दै नगद २० हजार रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा तेश्रो हुने भोजपुर आमचोकको टिमले नगद १५ हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वना हुने साकेला-३, खिदिमा किवाको टोलीलाई नगद पाँच हजार रुपैँया प्रदान गरिएको आयोजक समितिका अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले विजयी हुने खेलाडी टिमलाई पुरस्कार प्रदान गर्नुभयो । ४४ वटा टिम सहभागि भएको प्रतियोगिताको उद्घाटन र समापन गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष राईले खेल क्षेत्रको विकासका लागि संस्थागत रुपमा एकेडेमी नै स्थापना गरेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

प्रतियोगिताको समापन समारोहमा साकेला गाउँपालिकाका पूर्व अध्यक्ष अर्जुन कुमार खड्का, वडा नम्बर १ का वडाध्यक्ष हेमन राई लगायतको उपस्थिती रहेको थियो । आयोजक समितिले प्रतियोगिता सम्पन्न गराउन विभिन्न माध्यमद्वारा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया