असोज २९, २०८१ मंगलबार
  • ताजा अपडेट
  • English
  • कफि खेती बिस्तार गर्न समूह गठन

    साकेला- कफि खेतीको व्यवस्थापन र प्रवर्द्धनका लागि साकेला गाउँपालिकाको दुई वटा वडामा विभिन्न समूहहरु निर्माण गरिएको छ । खेर गईरहेको पाखा र भित्ताहरुको सदुपयोग गर्दै व्यवसायिक रुपमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ हालै मात्र कफि खेती सम्बन्धि तालिम प्रदान गरिएको उक्त गाउँपालिकाको वडा नं. २ र ५ का किसानहरुलाई संगठीत गरि समूह निर्माण गरिएको हो ।

    वडा नम्बर २ रतन्छामा कल्याण कुमार राईको संयोजकत्वमा ७ सदस्यीय निनाम्मा कफी खेती लद्युउद्यमी समूह र गणेश राईको संयोजकत्वमा ११ सदस्यीय धिलुङ्टो कफी खेति लद्युउद्यम समूह गठन गरिएको छ भने प्रधान राईको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

    त्यस्तै वडा नं. ५ मात्तिम कात्तिकेमा मोतिकर्ण राईको संयोजकत्वमा ८ सदस्यीय पारुहाङ कफी खेती, विष्णुमाया राईको संयोजकत्वमा ९ सदस्यीय सुन्निमा कफी खेती, श्रीधन राईको संयोजकत्वमा ९ सदस्यीय खावाहाङ कफी खेती र गोकर्ण राईको संयोजकत्वमा ८ सदस्यीय मिवाहाङ कफी खेती लद्युउद्यम समूह गठन गरिएको छ ।

    यसरी गठीत समूहहरुले मासिक वैठक बसी प्रत्येक सदस्यबाट २० रुपैंया, प्रत्येक समूहले २० रुपैंया र मूल समितिले एक सय रुपैंया मासिक बचत गर्ने निर्णय गरेका छन् । गठीत समूहको माध्यमद्धारा उत्पादन हुने कफीलाई व्यवसायिक रुपमा बजारिकरण र व्यवस्थापन गर्न सहज हुने बताईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया