असार २०, २०८२ बिहिबार

चितवन-२ को उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया