कार्तिक १८, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • आलु चिप्स र भुजिया निर्माण सम्‍बन्धि तालिम सुरु

    साकेला- साकेला गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाई व्यवसायिक बनाउने उदेश्यका साथ आलु चिप्स लगायतका विभिन्न परिकार बनाउने तालिम सुरु गरेको छ । गरीवि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले साकेला-३ खिदिमाका किसानहरुलाई मंगलबारदेखि तालिम दिन सुरु गरेको हो ।

    आगामी चैत्र ६ गतेसम्म सञ्चालन हुने उक्त तालिममा आलुबाट चिप्स, दालमोठ, भुजिया, निम्की, बदाम फ्राई, चना फ्राई र मटर फ्राई सम्बन्धि तालिम प्रदान गरिने गाउँपालिकाका सामाजिक विकास अधिकृत दुर्ग बहादुर राईले बताउनुभयो । स्थानीय २० जना सहभागिता रहेको तालिमको सहजीकरण समती राईले गरिरहनुभएको छ । आज भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई, ३ नम्बर वडाका वडा अध्यक्ष गोविन्द तामाङ लगायतको उपस्थिती रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया