साकेला- नजिकिँदै गरेको दशैंतिहार र चाडवाडलाई लक्षित गरि साकेला गाउँपालिकामा अन्तर पालिका जोड्ने गोरेटो बाटो मर्मत तथा सरसफाई गरिएको छ । साकेला गाउँपालिका-४ मा क्रियाशिल त्रिशक्ती एकता क्लवको अगुवाईमा बुधबार तावाखोलादेखि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गोगने जोड्ने गोरेटो बाटो मर्मत र सरसफाई गरिएको हो ।
गाउँगाउँमा ग्रामीण सडकको पहुँच विस्तार हुँदै गएपछि पुराना गोरेटो बाटोहरुको अस्थित्व समाप्त हुँदै गएको र झोरघारी फैलँदै गएपछि क्लवले पैदलयात्रीलाई लक्षित गरि बाटो सरसफाई गरिएको क्लवका अध्यक्ष एकराज खड्काले जानकारी दिनुभयो । वडा नम्बर ४ स्थित आहाले र मानेगाउँका करीव ८५ जनाको उपस्थितिमा जनश्रमदान मार्फत उक्त बाटो मर्मत गरिएको हो ।
जनश्रमदानमा खटिने स्थानीयहरुलाई वडाध्यक्ष अर्जुन कुमार कटवाल र एमाले नेता गोपिकृष्ण खड्काले खाजाको व्यवस्थापन गर्नुभएको अध्यक्ष खड्काको भनाई छ ।
प्रतिक्रिया