मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • तावाताल निर्माणलाई प्राथमिकतामा राखेका छौं- अध्यक्ष रविप्रकाश राई

    साकेला- साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले विकास र परिवर्तन शिक्षाबाट मात्र सम्भव भएको बताउँदै अबको शिक्षा व्यवहारिक र प्रयोगात्मक हुनु पर्ने टिप्पणी गर्नुभयो । शिक्षा विकास तथा समन्वय इकाई खोटाङ र साकेला गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित पाठ्यक्रम प्रवोधिकरण तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै उहाँले गुणस्तरीय शिक्षामा जोड दिन सबै शिक्षक-शिक्षिकाहरुलाई निर्देशन दिनुभयो । शिक्षा एउटा समृद्धिको जग हो, शिक्षाबिना परिवर्तन सम्भव छैन, विद्यालयको भौतिक संरचना राम्रो बनाएर, अतिरिक्त क्रियाकलापमा अग्रसर भएर मात्र शिक्षामा गुणस्तर वृद्धि हुँदैन उहाँले भन्नुभयो- नैतिक, व्यवहारिक र प्रयोगात्मक शिक्षण सिकाईलाई शिशु तहबाट नै प्रारम्भ गर्नुपर्छ ।

    कक्षा ५, ८ र १० मा अध्यापन गराईरहनुभएका शिक्षक-शिक्षिका सहभागि रहेको तालिम समापनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले साकेला गाउँपालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउने प्रयत्नमा वर्तमान पालिका सरकार लागिरहेको उल्लेख गर्नुभयो । अर्को एक प्रसंगमा, तावाताल निर्माणको विषयमा उठेका सवालहरुलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले भन्नुभयो- विगत सरकारले गरेका विकासका कार्यलाई वेवास्ता नगरि कार्यान्वयनमा लैजान वर्तमान सरकार प्रयत्नशिल छ, तावाताल निर्माणको कार्यलाई प्राथमिकताकै चरणमा राखेको छ । पर्यटन मन्त्रालयबाट प्राप्त भएको बजेटले ताल निर्माण गर्न नपाउने भएकाले रकम फ्रिज हुनबाट बचाउनको लागि अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरिएको हो । अध्यक्ष राईले भन्नुभयो –तावा भञ्जयाङ क्षेत्रमा पूर्वाधार निर्माणको लागि ठेक्का आह्वान भई प्रकृया अघि बढिसक्नु पर्नेमा सो प्रकृयालाई नै अवरोध पुर्याउने कार्य भईरहेको उल्लेख गर्नुभयो ।

    तावाभञ्ज्याङमा तावाताल निर्माणका लागि भनेर पर्यटन मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड रुपैंया बजेट प्राप्त भएको छ । उक्त स्थानमा ताल निर्माण गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन आईई र ईआईए गरेर मात्र ताल निर्माण गर्न पाईने भए पछि गाउँपालिकाले उक्त रकम फ्रिज हुन नदिई तावाताल आसपासको क्षेत्रमा पर्यटकीय हव निर्माण गर्नेगरि उक्त योजनालाई बहुवर्षिय योजना बनाई कार्यान्वयन गर्ने चरणमा लागिरहेको छ । सो योजनालाई बहुवर्षिय योजना बनाई पूर्वाधार निर्माण गर्न सके समग्र पालिकालाई समृद्ध बनाउन सहयोग पुग्नेछ ।

    बहुवर्षिय योजनामा लैजाँदा पूर्वाधार निर्माणको लागि कूल ६ करोड रकम बराबरको ठेक्का खुलिसक्नु पर्नेमा हालसम्म सो योजनाको प्रकृया रोकिएपछि अध्यक्ष राईले भईरहेका विकासका काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो- पालिका सरकार कुनै जातजाति, भूगोल, धर्म र आस्थाको आधारमा काम गर्दैन, समग्र पालिकाको विकास र समृद्धिका लागि प्रयत्नशिल भएर काम गरिरहेको छ । पर्यटनबाट प्राप्त भएको बजेटलाई बहुवर्षीय योजना बनाई कार्यान्वयनमा लैजान सके समग्र पालिका समृद्धिको दिशामा अघि बढ्ने अध्यक्ष राईको तर्क छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया