साकेला- साकेला गाउँपालिकाले साकेला आधारभूत अस्पताल रतन्छाको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौबाट प्राप्त प्रस्तावित दरबन्दी तेरिज अनुसार नै ५ शैयाको आधारभूत अस्पतालको कर्मचारी दरबन्दी स्वीकृत गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको कार्यालयले आठौं तहको मेडिकल अधिकृत १ जना सहित १८ स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरेको हो । स्वीकृत दरबन्दी अनुसार स्टाफ नर्स चार जना, हेल्थ असिस्टेण्ट तीन जना, आयुर्वेद सहायक एक जना र ल्याव टेक्निसियन एक जनाको दरबन्दी स्वीकृत गरिएको हो ।
त्यस्तै रेडियोग्राफर एक जना, फार्मेसी सहायक एक जना, डेण्टल हाइजिनिष्ट एक जनाको दरबन्दी स्वीकृत भएको छ भने प्रशासनिक कर्मचारीतर्फ नायव सुब्बा एक जना, कार्यालय सहयोगी तीन जना र एक जना सरसफाइकर्मीको दरबन्दी स्वीकृत गरिएको अध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया