जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • रेशम चौधरीसहित ४८२ जनालाई आममाफी

    काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा संलग्न रेशम चौधरी समेत ४८२ जनाको कैद सजाय माफी गर्नुभएको छ । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिनुभएको छ ।

    आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेम बहादुर समेत ४७५ र जेष्ठ नागरिक उदय नारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

    राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्ती हेर्नुहोस् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया