चैत्र ६, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • पोषणमैत्री स्थानीय तह घोषणाका लागि ११ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

    साकेला- साकेला गाउँपालिकालाई आगामी चार वर्षभित्र पोषण मैत्री स्थानीय तह घोषणा गर्नेगरी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिका स्तीयर पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाहरुलाई पोषणमैत्री स्‍थानीय तह निर्माण सम्बन्‍धि अनुशिक्षण कार्यक्रमको अवसरमा ११ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आफ्नो कार्यकाल अवधिमा पोषणमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

    अध्यक्ष राईको प्रतिवद्धतालाई उपाध्यक्ष बिर्सिका राई, पाँच वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, स्वास्थ्य सेवाका प्रमुखहरु, विषयगत शाखाका कर्मचारीहरुले समेत साथ दिँदै आगामी चार वर्षभित्र साकेलालाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नेगरी प्रतिवद्धतापत्रमा सँयुक्त हस्ताक्षर गरेका छन् ।

    पोषणमैत्री स्थानीय तह घोषणाका लागि पालिकाले पुरा गर्नुपर्ने ७६ वटा सूचकहरुमध्ये अधिकांश सूचकहरु पुरा पुरा हुँदै गईरहेको र बाँकी सूचकहरुलाई पुरा गरी आगामी चार वर्षभित्र टाउकोले टेकेरै भए पनि पोषणमैत्री स्थानीय तह घोषणा गरिने अध्यक्ष राईले बताउनुभयो । स्थानीय सरकार हुँदै प्रदेश र केन्द्र सरकारले समेत पोषणको क्षेत्रमा संवेदनशिल भएर काम गरि निर्धारित लक्ष्य अनुरुप पोषणमैत्री देश बनाउन जोड दिनुहुँदै अध्यक्ष राईले पोषणमैत्री देश नबनाए नागरिकले देखेको सपना पुरा नहुने उल्लेख गर्नुभयो ।

    साकेला गाउँपालिकाले देखेको सपना, निर्माण हुँदै गरेको आवधिक योजनालाई सार्थक बनाउन समेत पोषणमैत्री स्थानीय तह घोषणाले थप इट्टाको काम गर्ने बताउँदै सबै क्षेत्रलाई संवेदनशिल भएर लागि पर्न अध्यक्ष राईले आग्रह गर्नुभयो । पोषणमैत्री स्थानीय तह निर्माण सम्बन्धी अनुशिक्षणलाई बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक संजिव लामा घिसिङ र प्रशिक्षक सिताराम रिमालले सहजीकरण गर्नुभएको थियो ।

    आगामी चार वर्षभित्र पोषणमैत्री स्थानीय तह घोषणाका लागि गरिएका प्रतिवद्धता यस प्रकार रहेका छन् ।

    • सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सृजना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्नेछौं ।
    • निशुल्क तथा गुणस्तरीय उपचारका लागि प्रत्येक वडामा भएका स्वास्थ्य संस्था मार्फत गुणस्तरीय स्वास्थ्य र पोषण सेवाको सुनिश्चितता गर्नेछौं ।
    • गर्भवती, सुत्केरी आमा र बालबालिकालाई पोषण प्रोत्साहन र पोषिलो समाग्रीको उपलब्धताको लागि विशेष कार्यक्रम गर्नेछौं ।
    • २ वर्ष मुनिका बालबालिकाहरुको वृद्धि अनुगमनको प्रभावकारिताको लागि बाल पोषण अनुदानसँग आवद्धता गरी वितरण गर्ने र ठोस कार्यक्रम सञ्चालन गर्ने ।
    • सुरक्षित खानेपानी र सरसफाई व्यवस्था सुनिश्चित गर्नेछौं र पूर्ण सरसफाई अभियान सञ्चालन गर्ने ।
    • विभिन्न तहमा भएका प्रतिवद्धता, कार्ययोजना र समन्वय संयउन्त्र सहित कार्यान्वयनको सुनिश्चितताका लागि सहयोगी निकायबाट प्राप्त सहयोगलाई समेत मूल प्रवाहीकरण गर्दै प्रभावकारी अनुगमन गर्ने ।
    • सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता गर्नेछौं ।
    • बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक उपलब्ध आन्तरिक श्रोतका साथै प्राप्त अनुदानको निश्चित रकम लगानी गर्नेछौं ।
    • यो योजना सञ्चालन गर्न संघीय, प्रादेशिक, अन्य स्थानीय तह लगायत विकास साझेदार एवम् सरोकारवाला निकायसँग सार्थक समन्वय गर्नेछौं ।
    • समाजमा विद्यमान कुरीति जस्तै- बालबिवाह र छुवाछुत जस्ता संस्का र विकृती अन्त्यका लागि ठोस नियम र कार्यकर्म तय गरी कार्यान्वयन गर्नेछौं ।
    • स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँटोल र वडा अभियान सञ्चालन गर्दै आगामी ४ वर्षभित्र यस पालिकालाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नेछौं ।

    अध्यक्ष- रवि प्रकाश राई, उपाध्यक्ष- बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत- महेश राई

    १ नं. वडा अध्यक्ष- हेमन राई, २ नं. वडा अध्यक्ष- जितेन्द्र कुमार रई, ३ नं. वडा अध्यक्ष- गोविन्द तामाङ

    ४ नं. वडा अध्यक्ष अर्जुन कुमार कटवाल, ५ नं. वडा अध्यक्ष – जीवन खत्री

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया