खोटाङ- सेमी फाईनल अन्तर्गत आज दुई खेल सम्पन्न भएसँगै साकेला युवा सेवा समाज रतन्छा र साकेला गाउँपालिका-५ ए साकेला गाउँपालिकाको मानेभञज्याङमा जारी अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनल चरणमा पुगका छन् ।
आज मङ्गलबार भएको दुई खेल अन्तर्गत मुन्धुम स्पोर्ट क्लव रतन्छा र साकेला गाउँपालिका-५, मात्तिम ‘ए’ तथा साकेला युवा सेवा समाज रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाबीच भएको थियो । सेमी फाईनल खेल अन्तर्गत ०-२ गोल अन्तरले हराउँदै साकेला युवा सेवा समाज रतन्छा र 0-१ गोल अन्तरले हराउँदै मात्तिम-५ ए फाईनल चरण प्रवेश गरेका हुन् ।
प्रतियोगिता जित्नका लागि भोली साकेला युवा सेवा समाज रतन्छा र मात्तिम-५ ए बीच प्रतिस्पर्धा हुनेछ ।
“खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता बिजेताले नगद एक लाख पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक वुद्धिबोल राईले बताउनुभयो ।
त्यस्तै उप-बिजेताले नगद ५१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो हुने टिमले नगद ३१ हजार पाँच रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक राईको भनाई छ ।
प्रतियोगिताको वेष्ट किपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड र बेष्ट प्रशिक्षकले नगद एक हजार एक सय एक सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने हाईस्कोर गर्नेले नगद एक हजार पाँच सय एक रुपैंयाको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै सर्बोत्कृष्ट खेलाडीलाई दुई हजार एक रुपैंया नगद सहित ट्रफि र प्रमाणपत्रले सम्मान गरिने खेल अध्यक्ष नारायण राईले जानकारी दिनुभयो । स्थानीय नौलाखर्क खेलमैदानमा भईरहेको प्रतियोगिताको उद्घाटन साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले गत बिहीबार उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया