मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेलाको पाँचै वडामा मिलीजुली समूह गठन

    साकेला- अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुको उत्थान, पुनस्थापना र सहयोग प्रदान गर्ने उदेश्यले मिलीजुली समूह गठन गरिएको छ । गाउँपालिकास्थित महिला तथा बालबालिका शाखा र करुणा फाउण्डेसनको सहजीकरणमा पालिकाभित्रका पाँच वटै वडामा मिलीजुली नामक समूह गठन गरिएको हो ।

    मिलीजुली समूह अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा बिनोद राईको अध्यक्षतामा नौ सदस्यी समूह गठन गरिएको छ । त्यस्तै वडा नम्बर २ रतन्छामा मन कुमार राई, वडा नम्बर-३ खिदिमामा विनोद राई, वडा नम्बर ४ मात्तिममा मनोज आचार्य र वडा नम्बर ५ मात्तिमबिर्तामा मान बहादुर राईको अध्यक्षतामा नौ/नौ सदस्यीय मिलीजुली समूह गठन गरिएको हो ।

    साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३३%, ३३% लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा यस गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन भईरहेको छ । सोही कार्यक्रम अन्तर्गत पालिकाभित्रका वडाहरुमा समूह निर्माण गरिएको बताईएको छ ।

    यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने छ । ३ वर्ष सम्म चल्ने सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भएको हो भने २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।

    यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाईछ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उहाँको भनाईछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया