चैत्र ११, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • अहेवको निधन पश्चात गाउँपालिकाद्धारा शोक विदा दिने निर्णय

    साकेला- साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको निधनमा गाउँपालिकाले एक दिन शोक विदा दिएको छ । साकेला गाउँपालिका-३ किवास्थित सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत अहेव मणिराज घिमिरे आईतबार बिहान मृत फेला परेका थिए । दिप्रुङ चुईचुम्मा-७ टेम्मा स्थायी घर भएका घिमिरे २०७९ चैत्र १२ गतेदेखि साकेला गाउँपालिकामा करार सेवामा कार्यरत थिए । कार्यालयको कामको शिलशिलामा साकेला-५ मात्तिममा साथिको घरमा पुगेर सुतेका घिमिरे मृत अवस्थामा फेला परेका थिए ।

    मुटु सम्बन्धी समस्या भएका घिमिरेले नियमित औषधी सेवन गर्दै आएका थिए । सुतेकै ठाउँमा मृत्यु भएपछि उक्त घरका सदस्यले प्रहरीलाई खबर गरेका थिए । यसैबीच, अहेव घिमिरेको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली स्वरुप भोली सोमबार एक दिन साकेला गाउँपालिकाले सम्पूर्ण कार्यालयमा विदा दिने भएको छ । स्वास्थ्य सेवाको प्राविधिक क्षेत्रमा समेत ज्ञान भएका घिमिरेको मृत्युले समग्र स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति भएको निष्कर्ष निकाल्दै गाउँपालिकाले पालिका सहित सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र विद्यालयमा विदा दिने जनाएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया