‘आठौं पीचीची मलाई थाहा छैन, न म यो सोचिरहेको छु । यसबारे म चिन्तित छैन,’ मेसीले अवार्ड प्राप्त गरेपछि मार्कासँग भने । म पीचीची अवार्ड पाउनभन्दा ला लिगा जित्न चाहन्छु । हामी त्यसैका लागि लडिरहेका छौँ ।’
‘हामीले विस्तारै राम्रो गरिरहेका छौँ । हामीले लिगमा सुरुमा संघर्ष गर्यौँ । न त हामी त्यो सबै अंक गुमाउन लायक नै थियौँ । हामीले त्यसमध्ये धेरै खेल जित्न सक्थ्यौँ जस्तै अलाभेज गेटाफे र रियल मड्रिड…,’ मेस्सीले भने ।
मेस्सीले यस सिजन गरेका सम्झनलायक गोलमध्ये ओसासुनाविरुद्ध गरेको गोल थियो । ४-० को जित हात पार्दा मेस्सीले चौथो गोल गरे र केही दिनअघि निधन भएका डिएगो अर्मान्डो म्याराडोना प्रति ट्रिबुट प्रदान गरे । मेसीले मैदानमा जर्सी फुकालेर म्याराडेना नेवेल्स ओल्ड ब्वाइजमा हुँदा लगाएको जर्सी देखाएका थिए ।
‘यो धेरै विशेष दिन थियो मैले उनलाई सानो सम्मान व्यक्त गर्न पाएँ जुन मैले तयारी गरेको थिँए,’ मेस्सीले उक्त सेलेब्रेसनबारे भने । ‘त्यो दिन गोल गर्नु एकदमै राम्रो मेमोरी रह्यो र यो धेरै विशेष दिन बन्यो किनकि डिएगो अब हामीमाझ थिएनन् ।’
यस्तै मेसीले मैदान फ्यानविना खेल्नु राम्रो कुरा नभएको पनि बताए । उनले मार्कासंगको अन्तर्वार्तामा फ्यानविना जोसँग खेले पनि जित्न कठिन हुने बताए ।
कोरोना महामारीले गर्दा फुटबलमा धेरै परिवर्तन भएको समेत उनले बताए । एजेन्सी
प्रतिक्रिया