असार २१, २०८२ शुक्रबार

उपत्यकाको जोरबिजोर प्रणाली हट्योः निषेधाज्ञा असार ३१ गते सम्म कायमै (पूर्णपाठ)

काठमाडौंः काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै  उपत्यकामा  निजी र सार्वजनिक सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका (सीडीओ) हरुको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हो । यो निर्णयसँगै असार २२ गते मंगलबारपछि सबै सार्वजनिक सवारी साधनहरु समेत निर्वाद चल्ने भएका छन् ।

आईतबार  संयुक्त बैठकपछी जारी सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञा हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया