चैत्र ८, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

    काठमाण्डौंः दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना हुनुभएको छ ।

    जेल जीवन बिताइरहनुभएका जुमाले जेलमै अफ्ठ््यारो महसुस गरेपछि उहाँलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

    “पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो”, एक अधिकारीले सञ्चारकर्मीहरुसँग भने ।

    पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उहाँलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो ।

    भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उहाँले प्रहरी समक्ष आत्मसमर्पण गरेर जेल जानु भएको हो ।

    जुमा जेल परेपछि उहाँका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसका लागि सेना परिचालन गर्नुपरेको थियो ।

    उहाँका समर्थकले मच्चाएको हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने सयौँ पक्राउ परेका थिए । प्रदर्शनका क्रममा पसल लुटिएको र भवनमा आगजनी गरिएको थियो । अहिले भने अवस्था सामान्य बन्दै गएको छ । (रासस/सिन्ह्वा)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया