काठमाण्डौंः अमेरिकामा शुक्रबार र शनिबार शक्तिशाली आँधी गएको छ । आँधीबाट कम्तिमा १०० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित केन्टकीमा आपतकाल घोषणा गरिएको छ । आँधीले भौतिक संरचनामा ठूलो क्षति पुग्नुको साथै दर्जनौ घाइते भएका छन् । अमेरिकामा यसअघि पनि बारम्बार विनाशकारी आँधी आएका थिए । प्रस्तुत छ अमेरिकामा गएका १० विनाशकारी आँधी र यसले पारेको असरः
१. त्रिस्टेट टोरनाडोः सन् १९२५ को १८ मार्चमा आएको शक्तिशाली आँधीमा परेर ७४७ जनाकाे मृत्यु भएको थियो । अमेरिकी इतिहासमै अहिलेसम्मकै डरलाग्दो मानिएको सो आँधीले मिसाैरी, दक्षिणी इलिनोइस हुँदै दक्षिणपश्चिम इन्डियानासम्म पुगेको थियो । तीन ओटा राज्यमा फैलिएकोले त्यसलाई ट्रिस्टेट आँधी भनिएको छ ।
२. सन् १९३२ को ३१ मार्चमा अर्को ठूलो समुद्री आँधी आएको थियो । दुई ओटा राज्य नराम्रोसँग प्रभावित भएको सो आँधी टेक्सास हुँदै क्यरोलिनातर्फ बढेको थियो । आँधीमा ३३२ जनाको मृत्यु भएको थियो ।
३. नाटचेज टोरनाडो: सन् १८४० को १७ मेमा अमेरिकामा शक्तिशाली आँधी आएको थियो जसलाई ग्रेट नाटचेज टोरनाडो नाम दिइएको छ । अमेरिकी इतिहासकै खराबमध्येकाे सो टोरनाडोबाट मिसिसिपी राज्यको नाटचेज सहर सबैभन्दा प्रभावित भएको थियो । आँधीमा ३१७ जनाको मृत्यु भएको थियो । आँधीबाट मारिएकामध्ये अधिकांशको शव नजिकैको नदीमा तैरिएको अवस्थामा भेटिएको थियो ।
४. सुपर आउटब्रेकः सन् २०११ को २४ अप्रिलमा आएको आँधीले दक्षिणपूर्वी अमेरिका नराम्रोसँग प्रभावित भएको थियो । सुपर आउटब्रेक नाम दिइएको सो आँधी २२ देखि २८ अप्रिलसम्म आएको थियो । आँधीका कारण कम्तिमा ३५४ जनाको मृत्यु भएको छ । आँधीबाट टेनेसा, मिसिसिपी, जर्जिया, अर्कान्सस र भर्जिनिया सबैभन्दा बढी प्रभावित भएका थिए ।
५. सुपर आउटब्रेक: सन् १९७४ को ३ अप्रिलमा गएको अमेरिकी आँधीलाई सुपर आउटब्रेक नाम दिइएको छ । १३ ओटा राज्य प्रभावित भएको सो आँधीबाट २४ घन्टामा ३१० जनाको मृत्यु भएको थियो ।
६. सेन्ट लुइस इस्ट टोरनाडोः सन् १८९६ को २७ मेमा अमेरिकामा अर्को शक्तिशाली आँधी आएको थियो । आँधीबाट मिसोउरी, इलिनोइस र केन्टकी प्रभावित भएका थिए । आँधीमा ३०५ जनाको मृत्यु भएको थियो ।
७. पाल्म सन्डे: सन् १९६५ को ११ अप्रिलमा आएको आँधीबाट अमेरिकाका तीन राज्य इलिनोइस, इन्डियाना र मिसिगन निकै प्रभावित भएका थिए । आँधीमा २६० जनाको मृत्यु र १ हजार घाइते भएका थिए ।
८. तुपेलो गेन्सभिल्ला टोरनाडोः सन् १९३६ को ५ अप्रिलमा आएको आँधीमा २४९ जनाको मृत्यु भएको थियो । मिसिसिपीको तुपेलोलाई केन्द्र पारेर आएको सो आँधीले भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
९. अलाबामा मिसिसिपीको आँधीः सन् १९२० को २० अप्रिलमा आएको आँधीमा २२४ जनाको मृत्यु भएको थियो । एक विहानै आएको सो आँधीबाट अलाबामा र मिसिसिपी राज्य प्रभावित भएका थिए ।
१०. सन् १९०८ को २४ अप्रिलमा साउद डाकोटा र टेक्सासमा आएको आँधीमा २२० जनाको मृत्यु भएको थियो । – न्यूज कारखाना
प्रतिक्रिया