असार ६, २०८२ बिहिबार

उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा

रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आज दिउँसो १ बजेदेखि बिदा दिइएको सेतोपाटीलाई बताए।

उपाध्यक्षको देवरको भैरहवामा मोटरसाइकल दुर्घटनामा निधन भयो। हामी अहिले घटना स्थलमा जाँदैछौं, त्यसैले दिउँसो १ बजेपछि बिदा दिइएको छ,’ उनले भने।

गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्थासमेत आज बन्द गरिएको उनले बताए।

उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्षको परिवारमा शोक परेकोले आज बिदा दिइएको अध्यक्ष बरईले जानकारी दिए। आज बिदा हुनेबारे बरईले नै हस्ताक्षर गरेर सूचनासमेत गाउँपालिकाले निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया