माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • प्रकाशित भयो चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्नासूची

    चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ ।

    आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरेको हो ।

    सूचीमा परेका विद्यार्थीलाई असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचित गरेको छ । झुटो विवरण पेस गरेमा भर्ना रद्द हुने पनि आयोगले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया