रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ल्याएको मत प्रति नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खरो टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले नवनिर्वाचित सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरेका छन ।
उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला ।
अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’ सन् १९९ मा अमेरिकामा अमेरिकन फ्रिडम नामक पार्टी दर्ता भएको थियो ।
प्रतिक्रिया