फागुण २, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला सात निर्णय

    आइतबार बसेको क्याविनेट बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । हिजोको क्याविनेटले नीलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।

    यस्तै माथिल्लो फावाखोला जलविद्युत परियोजना निर्माणका लागि राष्ट्रिय वन प्रयोग गर्ने दिने निर्णय पनि हिजोको क्याविनेटले गरेको छ ।

    यस्तै, अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको छ । खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

    सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया