चैत्र ५, २०८१ मंगलबार
  • ताजा अपडेट
  • English
  • ए डिभिजन लिग: एपिएफ र संकटा गोलरहित बराबरी खेल्दै अंक बाँडे

    काठमाडौँ,फागुण : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १० औं चरणको आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।

    दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ।

    यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।

    यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया