असार १७, २०८२ सोमबार

दीर्घ रोगीहरुलाई उपचार खर्च बापत मासिक पाँच हजार उपलब्ध गराईने

२०७९ माघ २४- (साकेला)/साकेला गाउँपालिकाले दीर्घ रोगीहरुले औषधी उपचार खर्च बापत पाउने रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको मृगौला प्रत्यारोपण, डायलाइसिस गरिरहेको, क्यान्सर रोग र मेरुदण्डका बिरामीहरुलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८, बमोजिम दीर्घरोगी प्रमाणित नागरिकहरुलाई गाउँपालिकाले उपचार खर्च उपलब्ध गराउन लागिएको साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा हालै बसेको गाउँ कार्यपालिकाको वैठकले बजेट स्वीकृत गर्दै चालु आ.व. २०७९/०८० बाट लागू हुने गरि मासिक पाँच हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । उक्त सुविधा प्राप्त गर्न चिकित्सकले दीर्घरोग प्रमाणित गरेको प्रमाणित कागजातका साथै नागरिकताको प्रमाणपत्र, नावालकको हकमा जन्मदर्ता तथा मेरुदण्ड पक्षघातको हकमा अङ्ग परिचयपत्रको प्रतिलिपको साथमा वडा कार्यालयबाट प्राप्त सिफारिस गाउँपालिकामा पेश गर्नुपर्ने अध्यक्ष राईको भनाई छ । उक्त सुविधा नेपाल सरकारबाट कुनै प्रकारको सामाजिक सुरक्षा भत्ता वा पेन्सन प्राप्त गरिरहेका नागरिकहरुले भने पाउने छैनन् ।

गाउँपालिकाले तत्कालका लागि क्यान्सर भएको, डायलाईसिस गरिरहेको, मृगौला प्रत्यारोपण गराईरहेको र मेरुदण्ड पक्षघात भएको दीर्घ रोगीहरुलाई उक्त सेवा उपलब्ध गराउने निर्णय गरेको छ । ५ वटा वडा रहेको साकेला गाउँपालिकामा त्यस्ता खालका दीर्घरोगीहरुको सङ्ख्या ५० भन्दा बढीको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया