माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • रनिङ शिल्डको उपाधी साकेला माविलाई, उत्कृष्ट खेलाडीलाई माथिल्लो निकायमा खेल्न पठाउने गापा अध्यक्षको प्रतिवद्धता

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि गाउँपालिकाको तर्फबाट जस्तो सुकै समस्या आईपरे पनि डटेर सामना गर्ने बताउनुभएको छ । गत आईतबारबाट मंगलबारसम्म  साकेला गाउँपालिकाको संयोजन तथा सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमाको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै अध्यक्ष राईले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधि यसअघि नभएको बताउँदै आगामी दिनमा प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकायमा पुर्याउन गाउँपालिका प्रतिवद्ध भएको घोषणा गर्नुभयो ।

    सो अवसरमा बोल्दै अध्यक्ष राईले आफ्नो कार्यकालभरी खेलाडीको सम्मान र खेलाडीको उच्च मूल्याङ्कनका लागि आफु सकारात्मक रहेको बताउँदै आगामी पाँच वर्षभित्र गाउँपालिकालाई डिजटल गाउँपालिका बनाईने र नागरिकले आधारभूत सुविधा अनलाईनबाट प्राप्त गर्ने समेत उद्घघोष गर्नुभयो ।

    यस पटक आयोजना गरिएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी साकेला मावि रत्न्छाले प्राप्त गरेको छ । ११ स्वर्ण ५ रजत र २ कास्य सहित साकेला मावि यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम विद्यालय भएको छ भने ६ स्वर्ण १० रजत र ४ कास्य सहित सरस्वती मावि मावि मात्तिम दोश्रो तथा १ स्वर्ण र ३ कास्य गरी सिद्देश्वरी मावि खिदिमा तेश्रो भएको छ । त्यस्तै २ रजत र ४ कास्य सहित बालबालिका मावि र १ रजत सहित ५ कास्य प्राप्त गरेको राधाकृषण मावि बाँझेच्यानडाँडा क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् ।

    छात्र भलिवलतर्फ सरस्वती माविले स्वर्ण, साकेला माविले रजत र बालबालिका माविले कास्य तथा छात्रा भलिवलतर्फ साकेला माविले स्वर्ण, सरस्वती माविले रजत तथा सिद्धेश्वरी माविले कास्य पदक प्राप्त गरेका छन् । यता हाईजम्प छात्रतर्फ सरस्वती माविका सुनिल खत्री, बालबालिका माविका रोशन विक र साकेला माविका कवीराज खत्री क्रमश प्रथम,द्धितीय र तृतीय हुनुभएको छ ।

    छात्रातर्फ सिद्देश्वरी मावि खिदिमाकी युनिया राई, राधाकृष्ण माविकी रेणुका हिङ्माङ, र बालबालिका माविकी सुमिला तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय हुनुभएको छ । त्यस्तै लङजम्प छात्रतर्फ साकेला मावि रतन्छाका सुनिम राई, सरस्वती मावि मात्तिमका विवेश खड्का र बालबालिका मावि नौलाखर्कका मन्देश लामा क्रमश प्रथम, द्धितीय र तृतीय हुनुभएको छ भने छात्रा तर्फ साकेला माविकी सुलना राई, सरस्वती माविकी सक्षम राई र बालबालिका माविकी सुर्जना सुनार क्रमश प्रथम, द्धितीय र तृतीय स्थान ओगटे ।

    त्यस्तै सटफूट तर्फ सरस्वती माविका शिशिर कटवाल, बालबालिका माविका प्रदिप राई र साकेला माविका कविराज खत्रीले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल भए भने छात्रातर्फ साकेला माविकी लक्ष्मी कटवाल, साकेला माविकी अमिता बानिया र सिद्देश्वरी माविकी रितिका राईले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसल गर्न सफल भए ।

    उता १०० मिटर दौड छात्रतर्फ साकेला माविका सुनिम राई, सरस्वती माविका सुनिल खत्री र सरस्वती माविकै विवेक खड्का प्रथम, द्धितीय र तृतीय भए भने छात्रातर्फ साकेला माविकी सुलना राई, सरस्वती माविकी सक्षम राई र राधाकृष्ण माविकी विपना दर्नालले प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल भए । त्यस्तै २०० मिटर दौड छात्रतर्फ साकेला माविका सुमिन राई, सरस्वती माविका पासुहाङ राई र सरस्वती माविकै दिपक दाहालले प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल भए भने छात्रातर्फ साकेला माविकी अनुका राई, सरस्वती माविकी सक्षम राई र राधाकृष्ण माविकी कमला श्रेष्ष्ठ प्रथम, द्धितीय र तृतीय हुन सफल भए ।

    ४०० मिटर दौड छात्रतर्फ सरस्वती माविका विक्रम खत्री, साकेला माविका तयाहाङ राई र राधाकृष्ण माविका ज्ञानदिप राईले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल भए भने छात्रातर्फ साकेला माविकी अनुका राई, सरस्वती माविकी बबिता विष्ट र सरस्वती माविकी दिपा राईले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल भएका छन् ।

    त्यस्तै ८०० मिटर छात्रदौड अन्तर्गत साकेला माविका तयाहाङ राई, सरस्वती माविका विक्रम खत्री र सरस्वती माविकै मौसम राईले प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरे भने रिले दौड ४×१०० मिटर दौड छात्रतर्फ अन्तर्गत सरस्वती मावि प्रथम, साकेला मावि द्धितीय र राधाकृष्ण मावि तृतीय भएका छन् । छात्रातर्फ साकेला मावि प्रथम, सरस्वती मावि द्धितीय र राधाकृष्ण मावि तृतीय भएका छन् भने ४×४०० मिटर छात्रदौड अन्तर्गत सरस्वती मावि, साकेला मावि र सिद्धेश्वरी मावि प्रथम, द्धितीय र तृतीय भएका छन् ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया