मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • केपिलासगढीको ११औं गाउँसभा सम्पन्न, आ.व. सकिन ४ महिना बाँकी हुँदा ३७ प्रतिशत मात्र बजेट खर्च

    खोटाङ । झण्डै आठ महिना बित्न लाग्दा खोटाङको केपिलासगढी गाउँपालिकाले कूल बजेटमध्ये ३७ प्रतिशत मात्र बजेट खर्च गरेको छ । गाउँपालिकाको ११औं गाउँसभा तथा हिउँदे गाउँसभा मार्फत कूल बजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैंयामध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैंया बजेट खर्च भएको जानकारी दिईएको छ ।

    यस्तै, माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फर्छ्यौट गरिसकेको योजना शाखा प्रमुख सन्तोष राईले जानकारी दिनुभएको छ ।

    गाउँसभाले वर्खे अधिवेसनपछि प्रदेश सरकारबाट प्राप्त छ वटा र संघीय सरकारबाट प्राप्त तीन वटा कार्यक्रमलाई वार्षिक बजेटमा समावेश गरेको छ । वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमलाई गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । सभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया