कार्तिक २२, २०८१ बिहिबार
  • ताजा अपडेट
  • English
  • ‘एयर एम्बुलेन्स’ सञ्चालन सम्बन्धी कार्यविधि तयार

    खोटाङ – खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पताल पुर्याउने उद्देश्यका साथ स्थापना गरेको एयर एम्बुलेन्स सेवा कार्यान्वयनमा आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले ‘एयर एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो ।

    आकस्मिक दुर्घटनामा परी तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउँदा ज्यान बचाउन सकिने प्रकारको बिरामीहरुलाई लक्षित गरि चालु आव २०७९/०८० को नीति तथा कार्यक्रममा एयर एम्बुलेन्स सञ्चालन सम्बन्धी नीति गाउँपालिकाले अघि सारेको थियो ।

    एयर एम्बुलेन्स सेवा सञ्चालनका लागि गाउँपालिकाले छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष समेत स्थापना गरेको छ । पहिलो वर्ष स्थापना गरिएको कोषमा हाललाई १५ लाख रुपैंया राखिएको छ ।

    आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया