मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • डिजिटल र स्मार्ट पालिका निर्माणको अभियानमा छौं- अध्यक्ष राई

    साकेला- गाउँपालिकालाई अबको पाँच वर्षभित्र डिजिटल गाउँपालिका बनाईने र जनताले पाप्त गर्ने न्यूनतम सेवा घरै बसिबसी प्राप्त गर्ने साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । ”हामी डिजिटल तथा स्मार्ट पालिका बनाउने अभियानमा लागिसक्यौं, उहाँले भन्न्भयो- त्यसको लागि आवधिक योजना निर्माण गर्ने कार्य सुरु भएको छ ।”

    शनिबार साकेला गाउँपालिकाको वडा नम्बर २ रतन्छा स्थित पिनालाखामा सम्पन्न गरिएको कफि खेती तालिम समापन कार्यक्रममा तालिमका सहभागि तथा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै अबको पाँच वर्षभित्र गाउँपालिकालाई कस्तो बनाउने भन्ने खाका त्यही आवधिक योजनाले समेट्ने र भविष्यमा साकेलालाई समृद्ध बनाउने खाका समेत आवधिक योजनाले कोर्ने बताउनुभएको हो ।

    कृषि तथा पर्यटनको माध्यमद्धारा गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने कुरामा जोड दिदै उहाँले कफी खेतिलाई पकेट विकासको रुपमा विकसित गर्दै लगिने अध्यक्ष राईको भनाई छ । अध्यक्ष राईले किसानले उत्पादन गरेको कफीको प्रशोधन र बजारिकरणको लागि गाउँपालिकाले कफी विकास सम्बन्धी कार्यविधि ल्याएर व्यवस्थापन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    साकेला गाउँपालिकामा सञ्चालन गरिएको कफि खेति सम्बन्धी सम्पूर्ण तालिम समापन भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मात्तिममा सञ्चालन गरिएको तीन दिने तालिम गत बुधबार र वडा नम्बर २ रतन्छामा सञ्चालन गरिएको तीन दिने कफि खेती तालिम शनिबार समापन गरिएको हो ।

    कफि खेतिको माध्यमद्वारा आयआर्जनमा वृद्धि गरि किसानलाई समृद्ध बनाउने उद्देश्यका साथ गरीवि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम-मेड्पा अन्तर्गत साकेला गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिम समापन गरिएको हो ।

    तालिममा ४० जना कफि खेतिमा संलग्न किसानहरुको सहभागिता रहेको थियो । हाल साकेला गाउँपालिकाको वडा नम्बर ४, ५ र २ का बेँशी क्षेत्रका किसानहरुले कफि खेती गर्दै आएका छन् । कफि खेतीबाट सोचेभन्दा मनग्ये आम्दानी हुन थालेपछि यसको खेति गर्ने किसानहरु उत्साहित छन् । पछिल्लो समय एकै घरमा ५० देखि २ सय बिरुवा सम्म कफी किसानले रोपेका छन् ।

    अहिले विश्वबजारमा कफिको राम्रो माग छ । नेपालमै टिप्न बित्तिकैको ए ग्रेडको चेरीलाई ९५ रुपैंया, बि ग्रेडको चेरीलाई ८५ रुपैंया प्रतिकेजी सम्म बिक्रि हुने गरेको छ । त्यस्तै पार्समेन्ट ए ग्रेडको कफिको प्रतिकेजी मूल्य ४७५ रुपैंया र बि ग्रेडको मूल्य ४२० रुपैंया छ भने ग्रिनवीन गुणस्तर अनुसार १ देखि २ हजार रुपैंया प्रतिकेजी मूल्य भएको साकेला गाउँपालिकाका कृषि शाखा अधिकृत अनन्त ढकालले बताउनुभयो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया