जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • आलु चिप्स र भुजिया निर्माण सम्बन्धि तालिम समापन

    साकेला- साकेला गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाई व्यवसायिक बनाउने उदेश्यका  साथ गत फागुन ३० गतेबाट सुरु भएको आलु चिप्स लगायतका विभिन्न परिकार बनाउने तालिम समापन भएको छ । गरीवि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले साकेला-३ खिदिमाका किसानहरुलाई गत मंगलबारदेखि दिएको तालिम गत सोमबार समापन भएको हो ।

    उक्त तालिममा आलुबाट चिप्स, दालमोठ, भुजिया, निम्की, बदाम फ्राई, चना फ्राई र मटर फ्राई सम्बन्धि तालिम प्रदान गरिएको गाउँपालिकाका सामाजिक विकास अधिकृत दुर्ग बहादुर राईले बताउनुभयो । स्थानीय २० जना सहभागिता रहेको तालिमको सहजीकरण समती राईले गर्नुभएको थियो ।

    तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले गाउँपालिकालाई समृद्ध बनाउन किसानहरु व्यवसायिक हुनुपर्ने धारणा राख्नुभयो । किसानले उत्पादन गर्ने विभिन्न कृषि उपज वस्तुहरुको आगामी दिनमा गाउँपालिकाले व्यवस्थापन गर्दै बजारीकरणका लागि समन्वय गर्ने समेत धारणा व्यक्त गर्नुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया