जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • लोकतान्त्रिक विद्यिद्धारा जनताको मागलाई आवधिक योजनामा समेट्न गाउँपालिका अध्यक्ष राईको निर्देशन

    साकेला- लोकतन्त्रको पूर्ण रुपमा पालना गरी दिगो विकासलाई प्राथमिकता प्रदान गर्दै जनताबाट प्राप्त सुझावको आधारमा साकेला गाउँपालिकाले आफ्नो आवधिक योजना निर्माणको कार्यलाई अघि बढाईरहेको छ ।

    गाउँपालिकाको आवधिक योजना निर्माण अन्तर्गत तेश्रो चरणको योजना तर्जुमा सम्बन्धि गोष्ठीको दोश्रो दिन विषयगत शाखा, जनप्रतिनिधि र विषयविज्ञ नागरिकहरुबाट आएका सुझावको आधारमा आवधिक योजना निर्माणलाई प्राथमिकता दिईने भएको छ ।

    विषयगत शाखाहरुको छलफल हुनभन्दा अगाडी गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले साकेला गाउँपालिका सरकारको मालिक जनता भएकाले सबै नागरिकहरुको माग समेटिने प्रकारको योजनाहरु लोकतान्त्रिक विधिद्धारा छनौट गर्न निर्देशन दिनुभयो । जनताबाट आएका माग र गाउँपालिकालाई समृद्धिको गन्तब्यमा पुर्याउन गाउँपालिका सरकारले कसैलाई पनि विभेदको आँखाले नहेरेको बताउँदै उहाँले सबै वर्ग, जातजाती, समुदायको मागलाई समेट्न सके मात्र आवधिक योजनालाई सार्थक तुल्याउन सकिने बताउनुभएको हो ।

    “लोकतन्त्र भनेको जनता द्वारा, जनताको लागि, जनताको शासन हो ।” प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने भएका कारण आवधिक योजना निर्माण गर्दा जनताकै मागलाई समेटेर विषयवस्तुलाई अगाडी ल्याउन विषयगत शाखाहरुलाई निर्देश गर्नुभएको हो । सबै नागरिकले संवैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँछन् र नागरिकद्वारा उक्त स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमै तोकिएका कारण साकेला गाउँपालिकाले त्यो अभ्यास थालेको उहाँ बताउनुहुन्छ ।

    गाउँपालिकालाई आगामी पाँच वर्षभित्र दिगो विकासमैत्री र डिजिटल गाउँपालिका बनाउने उदेश्यका साथ पहिलो आवधिक (पञ्चवर्षीय) योजना बनिरहेको छ । त्यसका लागि चालु आ.व. २०७९/०८० को नीति तथा कार्यक्रमबाट गाउँपालिकाले बजेट समेत विनियोजन गरिसकेको छ ।

    सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिएसडिएस)को प्राविधिक सहयोगमा निर्माण हुन लागेको आवधिक योजनाले आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्ने बताईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया