साकेला-खोटाङको साकेला गाउँपालिकाले युवाहरुको लागि निःशुल्क तीन महिने ब्यवसायिक मोटरसाईकल मर्मत तामिम सञ्चालन गरिरहेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय खोटाङ र महुरेगढी बहुप्राबिधिक शिक्षालय नुन्थलासँगको सहकार्यमा तालिमको आयोजना गरेको हो ।
चार बर्षदेखि प्रत्येक बर्ष एउटा वडाका युवाहरुलाई लक्षित गरी बिभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएको गाउँपालिकाले यस बर्ष दुई नम्बर वडालाई लक्षित गरेको जनाईएको छ । तालिम गत पाँच गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित मोटरसाईकल मर्मत तथा मेसिनरी मर्मत केन्द्रमा सञ्चालन भईरहको हो ।
तालिममा सहभागीहरुलाई खाना तथा बासको निःशुल्क प्रबन्ध मिलाईको गाउँपालिकाका सामाजिक बिकास अधिकृत दुर्ग बहादुर राईले बताउनुभयो । दुई नम्बर वडालाई लक्षित गरिए पनि निर्धारित संख्यामा आवेदन नआएपछि अन्य वडाका युवाहरुलाई पनि सहभागिताको अवसर दिईएको उहाँको भनाई छ ।
गएका बर्षहरुमा गाउँपालिकामा नै सञ्चालन गरिँदै आएको तालिमहरु यो बर्ष प्राबिधिक समस्याका कारण अन्य स्थानमा लैजानु परेको गाउँपालिकाले जनाएको छ । ११ जना युवाका लागि तालिम सञ्चालन गरिएको भए पनि उक्त तालिम प्रति चासो देखाउने युवाशक्तिको कमी भएको जनाईएको छ ।
तालिम बिहान ९ बजेदखि साँझ ६ बजेसम्म सञ्चालन भईरहेको मर्मत केन्द्रका सञ्चालक समेत रहनुभएको प्रशिक्षक मनकुमार राईले जनाउनुभयो । तालिम अवधीभर सिकेको सीपलाई आफ्नै वर्कशप सञ्चालनमा ल्याई स्वरोजगार बन्ने सहभागीहरु बताउँछन् ।
प्रतिक्रिया