मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • खोटाङमा घट्यो जनसङ्ख्या, कुन पालिकामा कति ?

    साकेला- १० वर्ष अघिको राष्ट्रिय जनगणनाको तुलनामा खोटाङको जनसङ्ख्या घटेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार खोटाङमा दुई लाख ६ हजार ३१२ जनसङ्ख्या रहेकोमा राष्ट्रिय जनगणना २०७८ सम्म आईपुग्दा ३१ हजार १२ ले कमी भई हाल एक लाख ७५ हजार २९८ जनसङ्ख्या कायम भएको छ ।

    जनगणना कार्यालयको तथ्याङ्क अनुसार अब जिल्लामा ८८ हजार ६६१ महिला र ८६ हजार ६३७ जना पुरुष रहेका छन् । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर माइनस १.६५ प्रतिशत भएको बताईएको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसङ्ख्या साकेला गाउँपालिकामा देखिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार ८ र साकेला गाउँपालिकामा ९ हजार ६२३ जनसङ्ख्या रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार ७८, खोटेहाङ गाउँपालिकामा १६ हजार ८४६, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ हजार ३०५, केपिलासगढी गाउँपालिकामा १३ हजार २३१, ऐंसेलुखर्क गाउँपालिकामा १३ हजार २१७, जन्तेढुङ्गा गाउँपालिकामा १२ हजार १६, बराहपोखरी गाउँपालिकामा ११ हजार ३९७ र रावाबेंशी गाउँपालिकामा ११ हजार १९९ जनसङ्ख्या रहेको बताईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया