साकेला- जिल्ला समन्वय समिति खोटाङले जिल्लाको सन्तुलित विकास र समृद्धि विषयक संगोष्ठीको आयोजना गरेको छ । जिल्लाको सन्तुलित विकास र समृद्धिका लागि जिल्ला समन्वय समितिले जिल्लाको दश वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई सहभागि गराएर विज्ञको उपस्थितिमा संगोष्ठीको आयोजना गरेको हो ।
शुक्रबार देखि शनिबार सम्म सञ्चालन भएको गोष्ठीको पहिलो दिन डा. धनप्रसाद सुवेदीले स्थानीय कला र साहित्यको विकास, डा. मधुसुदन गिरीले संस्कृति र लोक साहित्य, डा. तारामणी राईले मृतभाषा संरक्षण र संवर्द्धन, डा. तोयानाथ खनालले विद्यालय शिक्षामा सुधारका उपायहरु, पर्शु राईले रैथाने ज्ञान र सिपको विकास, जीवन चौंलागाईले खोप तथा पूर्ण खोप सुनिश्चितता र अर्थविद डा. हरी रोकाले स्थानीय अर्थतन्त्रको सवलीकरण र विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्लाको सन्तुलित विकास र समृद्धिका सवालमा साझा धारणा बनाउन र सहकार्यको वातावरणका लागि जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई एक ठाउँमा भेला गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले बताउनुभयो ।
प्रतिक्रिया