माघ २६, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी तालिम सुरु

    बिराटनगर- सोमबारदेखि व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र सोको व्यवस्थापन सम्बन्धि दुई दिने तालिम बिराटनगरमा सुरु भएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको आयोजनामा सोमबारदेखि कोशी प्रदेशको बिराटनगरमा तालिम सुरु भएको हो ।

    कोशी प्रदेशका ८८ गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा कार्यरत कर्मचारीहरु सहभागि भएको तालिममा व्यक्तिगत घटना दर्ता र सोको व्यवस्थापनका लागि सिष्टममा आएको परिवर्तन तथा नीतिगत व्यवस्था, सामाजिक सुरक्षा भत्ता र सोको व्यवस्थापन सम्बन्धि कानूनी तथा नीतिगत व्यवस्थाबारे सहजीकरण भईरहेको छ । तालिममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकाको तर्फबाट निर्मल शर्मा, उज्वल मिश्र, रुद्र प्रसाद पण्डीत लगायतले सहजीकरण गरिरहनुभएको छ ।

    व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाको सम्बन्धमा स्थानीय तहहरुमा आईपर्ने समस्या समाधान र परिवर्तित एमआईएस सिष्टम व्यवस्थापनलाई सहज बनाउनका लागि तालिमको आयोजना गरिएको बताईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया