जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • पहिचान पक्षधर समूहले जलाए क्यालेण्डर

    खोटाङ- पहिचान पक्षधर समूहले कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका छन् । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमूलक आन्दोलन थालेको पुन नामाङ्कन संयुक्त संघर्ष समिति अन्तर्गतको युवा परिचालन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको हो ।

    निर्मल राई नेतृत्वको युवा परिचालन समितिले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ढोकै अगाडि करीव दुई सयप्रति क्यालेण्डर जलाएको हो ।

    नगरपालिकाको सचिवालयमा राखिएको क्यालेण्डर जलाईएको युवा परिचालन समितिका संयोजक राईले बताउनुभयो । क्यालेण्डर जलाउने क्रममा उनीहरुले कोशी प्रदेश विरुद्ध नारावाजी समेत गरेका थिए ।

    पुन नामाङ्कन संघर्ष समिति अन्तर्गत जिल्लामा राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । समितिले चैत्र २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै बोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न ध्यानाकर्षण गराएको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया