बिराटनगर- कोशी प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई प्रदेशभरी सरुवा गर्नसक्ने अध्यादेश ल्याएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सो कुरा जानकारी गराएको हो ।
स्थानीय सेवा सञ्चालन ऐन सम्बन्धी अध्यादेश जारी गरेको प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशप्रमुख परशु खापुङबाट सो अध्यादेश प्रमाणीकरण भएको हो ।
प्रदेश सचिवले तयार पारेको १५६ पृष्ठको लामो अध्यादेशमा नगरपालिका र गाउँपालिकामा खटिएका सबै तहका कर्मचारीलाई कोशी प्रदेशभरी जहाँ पनि सरुवा गर्न सक्ने कानुन पारित गरेको छ । आवश्यकता अनुसार कर्मचारीलाई स्थानीय सरकारले सिफारिस गरेर प्रदेश सरकारमा पठाएपछि सम्बन्धित मन्त्रालयले कोशी प्रदेशभरी जहाँ पनि खटाउन सक्ने प्रावधान छ ।
प्रतिक्रिया