जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेला गाउँपालिकाका अध्यक्षद्वारा मतदाताहरुलाई धन्यवाद ज्ञापन

    साकेला- साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईले सम्पूर्ण आफ्ना मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नेपालको संविधान बमोजिम स्थानीय सरकारको निर्वाचन अन्तर्गत २०७९ वैशाख ३० गते सम्पन्न भएको चुनावबाट अध्यक्ष पदमा निर्वाचित भएको एक वर्ष पुगेको उपलक्ष्यमा अध्यक्ष राईले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउनुहुने तमाम साकेलाबासी मतदाता, शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

    अध्यक्ष राईले वैशाख ३० गते शनिबार जारी गर्नुभएको धन्यवाद ज्ञापनपत्रमा भनिएको छ – “नेपाली काँग्रेसको तर्फबाट आफू निर्वाचित भएपश्चात गाउँपालिकाको समग्र विकासको क्षेत्रमा सहयोग हुने ऐन, नियम, निर्देशिका र कार्यविधि बमोजिम पालिकाभित्र र बाहिर रहनुहुने सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय गरी गाउँपालिकाको परिवर्तनका कार्यहरु गर्दै आएको छु ।”

    गाउँपालिकालाई समृद्धिको मार्गमा पुर्याउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागि जनाई सकारात्मक सहयोग पुर्याउनुहुने तमाम साकेलाबासी जनसमुदायमा आभार प्रकट गर्दै गाउँपालिकाको दिगो विकासका लागि स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकतामा राखि उनिहरुकै सहभागितामा योजना निर्माण गर्नुका साथै कार्यान्वयनको पाटो प्रभावकारी रुपमा अगाडी बढीरहेको छ -धन्यवाद ज्ञापनपत्रमा भनिएको छ ।

    त्यस्तै, गाउँपालिकाको बजेट निर्माण तथा कार्यान्वयनमा अहोरात्र खटी पालिकाबासीको सेवामा दत्तचित्त भई खटिरहनुभएका उपाध्यक्ष लगायत सम्पूर्ण निर्वाचित जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी मित्रहरुप्रति समेत अध्यक्ष राईले धन्यवाद दिनुभएको छ ।

    -धन्यवाद ज्ञापनको संक्षिप्त व्यहोरा तल उल्लेख गरिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया