माघ २५, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • जनप्रतिनिधिहरुको सुविधा कटौती गर्न जेष्ठ नागरिकहरुको माग

    दिक्तेल- खोटाङका जेष्ठ नागरिकहरुले निर्वाचित वडा सदस्यहरुदेखि राष्ट्रपति सम्मको पदाधिकारीको सेवा सुविधा कटौती गर्न माग गरेका छन् । देशको आर्थित अवस्था धराशायी बनेको निष्कर्ष निकाल्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै वैठक भत्ता र भ्रमण खर्च बाहेकका अन्य सेवा सुविधा कटौतीको सुझाव दिएको हो ।

    देशको अर्थतन्त्र जर्जर बनेको अवस्थामा जनप्रतिनिधिहरुले कुनै प्रकारको सेवा सुविधा नलिई जनताको सेवा गर्नुपर्ने अवस्था आएको जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ज्ञापनपत्र बुझाउँदै संघले विभिन्न व्यक्तिहरुको नाममा रहेको करीव नौ खर्ब ५० अर्व बेरुजु रकम वर्षदिनभित्र फर्छौट गराउन, भ्रष्टाचारी कैदीहरुको सेवा सुविधा ५० प्रतिशत कटौती गर्न, पूर्व भिआईपीहरुले उपयोग गर्दै आएको सेवा सुविधा पूर्ण रुपमा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया