मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • खारेज भयो सबै प्रकारको प्रोत्साहन भत्ता

    काठमाडौ- सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यो व्यवस्था हटाइने भएको हो ।

    त्यस्तै अर्थमन्त्री महतले नयाँ गाडी, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेकका नयाँ भवन निर्माण नगर्ने, इन्धन कार्यालय सम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने, नेपाल सरकारबाट अनिवार्य रुपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने बताउनु भयो ।

    उहाँले अगाडि भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेकका नयाँ भवन निर्माण गरिने छैन । इन्धन कार्यालय सम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ । नेपाल सरकारबाट अनिवार्यरुपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ।’

    उहाँले भन्नुभयो, ‘श्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु । नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन ।’

    अर्थमन्त्री महतले गाडीको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाउने, सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकेको मापदण्डको आधारमा एकमुष्ट नगद नै प्रदान गर्ने बताउनु भयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया