जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • बिना दर्ताका व्यवसाय सञ्चालन गर्न नपाईने

    साकेला- बिना दर्ता सञ्चालनमा रहेका व्यवसायिहरुले अब उप्रान्त आफ्नो व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने भएका छन् । हाल सञ्चालनमा रहेका सबै प्रकारका व्यवसायीहरुले बिनादर्ता व्यवसायहरु सञ्चालन गरिरहेको पाईएपछि खोटाङको साकेला गाउँपालिकाले व्यवसायीहरुलाई कानूनी दायरामा ल्याउन यस्तो निर्णय गरेको हो ।

    मंगलबार साकेलामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका सबै प्रकारका व्यवसायीहरुको भेला गराई चालु आ.व. २०७९/०८० को असार मसान्त सम्म अनिवार्य व्यवसाय दर्ता इजाजत लिएर मात्र सञ्चालन गर्न भनेको छ । गाउँपालिकाभित्र सञ्चालित होटल व्यवसायी, खुद्रा तथा किराना, फेन्सी, ब्यूटिपार्लर लगायत साना तथा ठूला व्यवसायीले अनिवार्य रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई आन्तरिक राजश्व कार्यालयबाट पान नं. लिएर गाउँपालिकामा सूचीकरण भएपश्चात मात्र व्यवसाय सञ्चालन गर्न पाउने भएका हुन् ।

    गाउँपालिका उपाध्यक्ष तथा राजश्व परामर्श समिति संयोजक बिर्सिका राईको अध्यक्षतामा सम्पन्न भएको पालिकास्तरीय व्यवसायीहरुको भेलाले सो निर्णय गरेको हो । व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता गरे नगरेकोबारे नियमित अनुगमन गरिने र अनुगमनको क्रममा बिना इजाजत पसल सञ्चालन गरेको पाइए तत्काल कारवाही गरिने जनाईएको छ ।

    यसअघिनै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई पान नम्बर लिईसकेका व्यवसायीहरुले भने आफ्नो व्यवसायलाई अनिवार्य रुपमा गाउँपालिकामा सूचिकरण हुन आग्रह गरिएको छ । बिना दर्ता व्यवसाय सञ्चालन गर्दा भविष्यमा आईपर्ने समस्याहरुमा कानूनी उपचार खोज्न कठीनाई हुने निष्कर्ष सो भेलाले निकालेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया