असार २२, २०८२ शनिबार

कुन स्थानीय तहले कति पाए बजेट

साकेला- दश स्थानीय तह रहेको खोटाङमा सङ्घीय सरकारबाट आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब ६९ करोड २० लाख बजेट प्राप्त भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा चालुतर्फ तीन अर्ब २४ करोड ४९ लाख र पुँजीगततर्फ ४४ करोड ७१ लाख बजेट प्राप्त भएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै भन्दा धेरै चालुतर्फ ६१ करोड ५९ लाख र पुँजीगततर्फ आठ करोड ३४ लाख रकम प्राप्त गर्ने भएको छ भने हलेसी तुवाचुङ नगरपालिकाले चालुतर्फ ४३ करोड चार लाख र पुँजीगततर्फ चार करोड ७३ लाख रकम प्राप्त गर्ने भएको छ । खोटेहाङ गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८७ लाख र पुँजीगततर्फ छ करोड ४८ लाख गरी जम्मा ४२ करोड ४५ लाख तथा ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३० करोड नौँ लाख र पुँजीगतर्फत दुई करोड ३५ लाख गरी जम्मा ३२ करोड ४४ लाख बजेट प्राप्त हुने भएको छ ।

केपिलासगढी गाउँपालिकालाई चालुतर्फ २६ करोड २९ लाख र पुँजीगततर्फ दुई करोड १४ लाख गरी जम्मा २८ करोड ४३ लाख रकम प्राप्त हुने भएको छ । यस्तै, जन्तेढुङ्गा गाउँपालिकालाई चालुतर्फत २५ करोड ९६ लाख र पुँजीगततर्फ चार करोड १८ लाख गरी ३० करोड १४ लाख बजेट प्राप्त हुने भएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई चालुतर्फ ३३ करोड ३७ लाख र पुँजीगततर्फ चार करोड २६ लाख गरी ३७ करोड ६३ लाख बजेट प्राप्त भएको छ । यस्तै, रावाबेँसी गाउँपालिकालाई चालुतर्फ २३ करोड ५२ लाख र पुँजीगततर्फ चार करोड ३३ लाख गरी जम्म २७ करोड ८५ लाख रकम प्राप्त भएको छ ।

बराहपोखरी गाउँपालिकाले चालुतर्फ २२ करोड ४४ लाख र पुँजीगततर्फ तीन करोड ८५ लाख गरी जम्मा २६ करोड २९ लाख प्राप्त भएको जनाइएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडा मात्र रहेको) साकेला गाउँपालिकाले चालुतर्फ २२ करोड ३२ लाख र पुँजीगततर्फ चार करोड पाँच लाख गरी जम्मा २६ करोड ३७ लाख रकम प्राप्त गरेको छ ।

यसैबीच, सरकारले हलेसी तुवाचुङ क्षेत्रलाई खुला साँस्कृतिक सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारेको छ । अर्थमन्त्री डा. महतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुला साँस्कृतिक सङ्ग्रहालय बनाउने तथा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किट निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया