जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • दिक्तेलमा नबिल बैंकको नयाँ शाखा

    खोटाङ । नबिल बैङ्कले २३४ औँ शाखाको रुपमा बिहीबारदेखि दिक्तेल बजारमा आफ्नो सेवा विस्तार गरेको छ । देशभर शाखा विस्तार गर्ने बैङ्कको केन्द्रीय योजना अनुसार पछिल्लो पटक थप गरिएको ३८ वटा नयाँ शाखा अन्तरगत दिक्तेलमा पनि शाखा विस्तार गरिएको जनाइएको छ ।

    दिक्तेलस्थित सङ्गमटोलमा केही समयअघि सञ्चालनमा ल्याइएको नबिल बैङ्क बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले पानसमा बत्ती बालेर बैङ्कको शाखा औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । ‘हजुर हामी सँगसँगै’ भन्ने नारा आत्मसाथ गरेको बैङ्कको शाखा सङ्ख्या हालसम्म देशभर २५५ पुगेको दिक्तेल शाखा प्रमुख डिल्ली कार्कीले जानकारी दिनुभएको छ । बैङ्कले बचत निक्षेपमा ७.४० प्रतिशत र मुद्धति निक्षेपमा ९.९९ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको जनाइएको छ ।

    कर्जातर्फ शुलभ् दरमा कर्जा लगानी गर्दै आएको दिक्तेल शाखा प्रमुख कार्कीले बताउनुभयो । “घर कर्जामा १०.९९ प्रतिशत लगानी गरिआइएको छ । हालसम्म बैङ्कको एक्स्टेन्सन काउण्टर सङ्ख्या १८ वटा, शाखारहित सेवा आठ ठाउँमा र एटिएम सेवा २८३ ठाउँमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “गत वैशाख मसान्तसम्ममा बैङ्कको कुल निक्षेप रु तीन खर्ब ७३ अर्ब ८९ करोड सङ्कलन गरी रु तीन खर्ब ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरिसकिएको छ ।”

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया