कार्तिक १८, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • सामाजिक सुरक्षा र घटना दर्ता सम्बन्धी अभिमुखिकरण सुरु

    साकेला- खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी दुई दिने अभिमुखिकरण तालिमको आयोजना गरिएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्दा वडास्तरमा आई पर्ने समस्याहरुको निराकरण गर्ने उद्देश्यका साथ पालिकाले जनप्रतिनिधि, वडा सचिव र कर्मचारीहरुको लागि अभिमुखिकरण तालिम आयोजना गरेको हो ।

    गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको संयोजनमा आयोजित अभिमुखिकरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत महेश राईको अध्यक्षतामा सञ्चालन भईरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एमआईएस सपोर्ट टिमका प्रशिक्षक राजिव राईले सहजीकरण गरिरहनुभएको तालिममा गाउँपालिकाका पाँचवटै वडाका वडा सचिव, कार्यपालिका सदस्य र वडामा कार्यरत अन्य कर्मचारीहरुको सहभागिता रहेको छ ।

    तालिमको औपचारिक उद्घाटन सत्रमा बोल्नुहुँदै उपाध्यक्ष बिर्सिका राईले व्यक्तिगत घटना र सामाजिक सुरक्षाको क्षेत्रमा राज्यको लगानी ठूलो भएको बताउँदै राज्यको अभियानलाई स्थानीय तहले साथ सहयोग दिनुपर्ने बताउनुभयो । कतिपय सन्दर्भमा ऐन तथा कानूनको बारेमा जानकारी नहुँदा नागरिकले दुख पाईरहनुपरेको उल्लेख गर्दै उहाँले छिटो, सहज र सरल तरिकाबाट नागरिकहरुलाई सेवा दिन समेत आग्रह गर्नुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया