मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • संघीयता टिकाउन स्थानीय तह आर्थिक रुपमा बलियो हुनुपर्छ- समन्वय प्रमुख राई

    दिक्तेल- संविधानले दिएको अधिकार प्रयोग गरी करको दायरालाई वृद्धि गर्न सके स्थानीय तहहरु बलियो हुने जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष सन बहादुर राईले बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिक्तेलमा आयोजना गरेको स्थानीय तहको राजश्व अधिकार सम्बन्धी  अभिमुखिकरण कार्यक्रमको अवसरमा बोल्नुहुँदै प्रमुख राईले स्थानीय तहहरु आर्थिक तथा भौतिक रुपमा बलियो नभए संघीयता धरापमा पर्ने बताउनुभएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव बलराम रिजालको अध्यक्षतामा वित्तिय संघीयता, राजस्व वाँडफाँड, राजस्वका स्रोतहरु, कर र शुल्कको अवधारणा, स्थानीय तहको राजस्व अधिकार, स्थानीय सञ्चित कोष, स्थानीय तहमा वित्तिय जोखिम र स्रोत परिचालनमा देखिएका समस्या र अवको वाटो सम्बन्धी विभिन्न आठ वटा विषयहरुमा मन्त्रालयका उप-सचिव राजेश गौतम अभिमुखिकरण गर्नु भएको थियो । कार्यक्रममा खोटाङ जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा राजस्व शाखा प्रमुखहरुको उपस्थिती थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया