असार ६, २०८२ बिहिबार

८० जना शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापना

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना नवनियुक्त शाखा अधिकृतहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ  । मन्त्रालयले मङ्गलवार(आज) मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापित नवनियुक्त अधिकृतहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो ।

शतप्रतिशत अधिकृतहरूलाई स्थानीयमा पठाउने मन्त्रालयको निर्णय सुधारको निरन्तरता भएको मन्त्रालयको भनाई छ । यसअघि सोर्सफोर्सका एकाधलाई टपक्क टिपेर माथि राख्ने र पावर नहुनेहरूलाई मात्रै तलतिर पठाउने गरेकोमा अहिले मोलाहिजा नहेरिएको एक सहसचिवको भनाई छ ।

https://drive.google.com/file/d/1fafJNYZTrkVDrnCIxPYeIYAQliHWoCE4/view

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया