जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेला गाउँपालिकामा प्रवक्ता तोकियो

    साकेला- साकेला गाउँपालिकाले प्रवक्ता नियुक्ति गरेको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले वडा नम्बर ५ का वडा अध्यक्ष जीवन खत्रीलाई प्रवक्ता तोकेको हो । लामो समय सम्म गाउँपालिकामा प्रवक्ता तोकिएको थिएन । गाउँपालिकाबाट सम्पादन भएका गतिविधि र महत्वपूर्ण वैठकका निर्णयहरु आधिकारिक रुपमा जनतामा विश्वसनीय तवरबाट छिटो र छरितो रुपमा पुर्याउने उद्देश्यका साथ खत्रीलाई प्रवक्ता तोकिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

    पालिकाको तर्फबाट प्रवक्ता नियुक्ति गरिएको भए पनि थप सेवा तथा सुविधा भने प्रवक्तालाई उपलब्ध नहुने अध्यक्ष राईले बताउनुभयो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम कार्यालयको काम कार्वाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन पालिकाले प्रवक्ता तोकेको हो । प्रवक्ता तोकिनुभएका खत्री स्थानीय तहको दोश्रो निर्वाचनमा साकेला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित बन्नुभएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया