जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेलामा सौर्य सडक बत्ती जडान

    साकेला- साकेला गाउँपालिकामा सौर्य सडक बत्ती जडान गरिएको छ । बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तोकेको मापदण्डअनुसार गाउँपालिकाको मानेभञ्ज्याङ बजार क्षेत्रमा छ वटा सौर्य सडक बत्ती जडान गरिएको हो ।  सौर्य सडक बत्ति स्थापना गरि नवीकरणीय उर्जा प्रवर्द्धन गर्दै रात्रीकालिन अवस्थामा आवत-जावतलाई सहज बनाउनुका साथै शान्ति सुरक्षाको प्रत्याभूत गरि दूर्घटनामा समेत कमी ल्याउने प्रमुख उद्देश्य भएको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो ।

    गाउँपालिकालाई सुन्दर र सुरक्षित हिसावले पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने पालिकाको प्रमुख लक्ष्य भएको बताउँदै रात्रीकालिन आवतजावतमा सहजताका साथै सुरक्षाको प्रत्याभूत प्रदान गर्नका लागि सौर्य सडक बत्तिको आवश्यकता भएको प्रमुख राईको भनाई छ । आगामी दिनमा गाउँपालिकाको बजारक्षेत्र र गाउँपालिकासम्म पुग्ने सडकहरुमा सौर्य बत्ती जडान गर्दै लगिने उहाँको भनाई छ । हालका लागि नविकरणीय उर्जाको  ७ लाख ८० हजार लागतमा मानेभञज्याङ बजार क्षेत्रमा ६ वटा सौर्य सडक बत्ति जडान गरिएको छ ।

    बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान गरिएको हो । साकेलामा नेपाल टेक ग्रुप कम्पनी ललितपुरले सौर्य सडक बत्ति जोड्ने जिम्मा लिएको थियो । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । सौर्य सडक बत्ती जडान गरिएपछि विद्युत खपतमा कमी आउने र सरकारको विद्युतभार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुगेको छ ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया