असोज २९, २०८१ मंगलबार
  • ताजा अपडेट
  • English
  • रतन्छाका युवाहरुले गरे सडक मर्मत

    साकेला- साकेला गाउँपालिकाको वडा नम्बर-२ रतन्छामा वर्षादका कारण बिग्रिएको सडक जनश्रमदान मार्फत मर्मत गरिएको छ । आफ्नो गाउँ आफै बनाउने अभियान अन्तर्गत स्थानीय २६ जना युवा तथा सरोकारवालाहरु जुटेर वडा कार्यालय र कोल्ह्या बलेम्मा डाँडासम्मको ग्रामीण सडक मर्मत गरिएको हो । वर्षादका कारण उक्त सडक खाल्डाखुल्डी हुनुका साथै पानी जमेर आवत जावतमा समस्या हुँदै आएको थियो ।

    सोमबार स्थानीय युवाहरुको सक्रियतामा खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरिएपछि सहज भएको स्थानीय सन्तराज राईले बताउनुभयो । सडक मर्मत गरिएपछि विभिन्न सेवा लिन वडा कार्यालय र पालिकाको केन्द्रसम्म आवत-जावत गर्न सहज हुने बताईएको छ । दशैं नजिकिँदै गर्दा वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ सम्म पुग्ने सडक पनि मर्मत गर्ने योजना रहेको उहाँको भनाई छ । जनश्रमदान गर्नका लागि वर्तमान वडा अध्यक्ष जितेन्द्र कुमार राई, पूर्व वडाध्यक्ष उन्नत राई लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    खाल्डाखुल्डी र हिलाम्मे सडक पुर्दै स्थानीय युवाहरु । तस्विर- सम्पूर्ण राईको फेसबुक

    यसैबीच, नेपालीहरुको महान चाड दशैं, तिहारलाई लक्षित गरि साकेला गाउँपालिकाले पाँच वटै वडाका ग्रामीण सडकहरु मर्मत गर्ने भएको छ । वर्षादका कारण बिग्रिएको सडकको खाल्डाखुल्डी पुर्ने, सडकमा जमेको पानी हटाउने, सडकमा खसेको पहिरो पन्छाउने लगायतका कार्य मंगलबारदेखि सुरु गरिने भएको हो । पालिकाले आफ्नै जेसिबि मेसिन प्रयोग गरि बिग्रिएको सडक मर्मत गर्ने तयारी गरेको गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । उहाँले पछिल्लो समय गाउँपालिकाका प्रत्येक वडाका नागरिकले भौतिक विकासको क्षेत्रमा गरिरहेको कार्य प्रसंशनीय भएको बताउनुभयो । पालिकाको समग्र क्षेत्रको विकास गरि समृद्ध साकेला निर्माण गर्न सम्पूर्ण साकेलाबासी एकजुट हुनुपर्ने प्रमुख राईको भनाई छ ।

    वर्तमान वडाध्यक्ष जितेन्द्र कुमार राई, पूर्व वडाध्यक्ष उन्नत राई लगायत रतन्छाका स्थानीय युवाहरु सडक मर्मतमा जुट्दै । तस्विर- सन्तराज राईको फेसबुक

    सडक जोगाउन होमपाईपको जोहो गर्दै स्थानीय युवाहरु । तस्विर- सम्पूर्ण राईको फेसबुक

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया