माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • साकेलामा बजार अनुगमन (फोटो फिचर)

    साकेला- साकेला गाउँपालिकामा बजार अनुगमन गरि म्याद नाघेका खाद्यवस्तुहरु जफत गरि नष्ट गरिएको छ । बुधबार गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको संयोजकत्वमा गाउँपालिकाले मानेभञज्याङ बजारमा सञ्चालित होलसेल, खुद्रा किराना पसलहरुको अनुगमन गरेको थियो ।

    चाडवाडको समयमा हुने कालोबजारीलाई समेत नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिनुका साथै बिना दर्ता सञ्चालित पसल व्यवसायहरु दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत महेश राई, अन्य कर्मचारीहरु, स्थानीय प्रहरी, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधी लगायतको उपस्थितीमा बजारको अनुगमन गरिएको हो ।

    फोटो फिचर- तस्विरहरु :- सोनी राई, सूचना प्रविधि अधिकृत

    म्याद नाघेका खाद्य समाग्री जलाउनुहुँदै उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्गबहादुर राई, स्वास्थ्य संयोजक रीता ढकाल ।

    साकेला सप्लायर्समा अनुगमन गर्नुहुँदै गाउँपालिकाका कर्मचारीहरु ।

    बिना दर्ता सञ्चालित व्यवसायको अनुगमन गर्नुहुँदै स्वास्थ्यकर्मी कमल प्रसाद फुयाल ।

    मानेभञज्याङमा सञ्चालित होटल तथा खुद्रा किराना पसलको अनुगमन गरिँदै ।

    म्याद गुज्रिएका खाद्य समाग्रीहरुको अनुगमन गरिँदै ।

    पेय पदार्थको म्याद जाँच गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत महेश राई र इन्जिनियर आनन्द पौडेल ।

    होलसेल तथा खुद्रा पसलको अनुगमन गरिँदै ।

    म्याद गुज्रिएका समाग्रीहरु जलाउने तयारी गरिँदै ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया